काठमाडौं – साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से दोहोरो अंकले घटेको छ । नेप्से आज १५ दशमलव ७३ अंकले घटेर १९ सय चार दशमलव ४० अंकमा पुग्दा सेन्सिटिभ पनि दुई दशमलव ७९ अंकले घटेर तीन सय ६३ दशमलव १२ अंकमा पुगेको छ । दुई सय ६७ वटा कम्पनीहरुको २३ हजार दुई सय ६५ पटकको कारोबारमा ३२ लाख नौं हजार दुई सय १४ कित्ता सेयर किनबेच भएकोमा कारोबार रकम ९८ करोड ३३ लाख ६७ हजार तीन सय ११ रुपैंयाँ पुगेको छ ।
आज १३ वटा समुहहरुको कारोबार हुँदा सबै समुहहरुको सुचक घटेको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक पाँच दशमलव ३० अंकले घटेर १२ सय ४५ दशमलव ९४ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ३२ दशमलव ३द्द अंकले घटेर २४ सय ६५ दशमलव ४७ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ७६ दशमलव ९७ अंकले घटेर नौं हजार चार सय ७६ दशमलव ६५ अंकमा पुगेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि ३५ दशमलव ९७ अंकले घटेर आठ हजार छ सय पाँच दशमलव २३ अंकमा पुगेको छ । बाहेक बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो कालिञ्चोक दर्शन लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एनआईसी एशिया शुलभ फण्ड २ परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा एनआईसी एशिया बैंक परेको छ ।