आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

नयाँ वर्षको पहिलो कारोबार दिन नैं घट्यो नेप्से

आइतबार, बैशाख ३ २०८०

चार वटा समुहले कमाउँदा नौं वटा समुहले गुमाए

काठमाडौं – नयाँ बर्ष २०८० सालको पहिलो कारोबार दिन आज आईतबार नैं नेप्से घटेको छ । नेप्से आज दुई दशमलव ८० अंकले घटेर १९ सय ३१ दशमलव ६८ अंकमा पुगेको छ भने सेन्सिटिभ शुन्य दशमलव २६ अंकले घटेर तीन सय ६७ दशमलव ३३ अंकमा पुगेको छ । दुई सय ६५ वटा कम्पनीहरुको ३३ हजार एक सय ४९ पटकको कारोबारमा ३० लाख ५६ हजार सात सय ७५ कित्ता सेयर किनबेच भएका छन् भने कारोबार रकम ९७ करोड ४५ लाख ९९ हजार ६१ रुपैंयाँ पुगेको छ ।

आज १३ वटा समुहहरुको कारोबार हुँदा चार वटा समुहले कमाएका छन् भने बाँकी समुहले गुमाएकाछन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दशमलव १५ अंंकले बढेर १२ सय ५४ दशमलव ९९ अंंकमा पुग्दा जीवन बीमा समुहको सुचक पनि आठ दशमलव ७३ अंकले बढेर नौं हजार छ सय ५१ दशमलव ९१ अंकमा पुगेको छ । यसैगरी निर्जिवन बीमा र होटल समुहको सुचक पनि बढेकाछन् । बिकास बैंक समुहको सुचक भने १४ दशमलव ५५ अंकले घटेर ३५ सय ४१ दशमलव ७७ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि १४ दशमलव ५७ अंकले घटेर २५ सय १० दशमलव ७९ अंकमा पुगेको छ । फाईनान्स, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रे डिङ्ग समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा आर्दश लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एशियन हाईड्रोपावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा सोल्टी होटल लिमिटेड परेको छ ।