आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

एकै दिन ९२ अंकले बढ्यो नेप्से, झण्डै दुई अर्बको कारोबार

बुधबार, चैत्र २९ २०७९

काठमाडौं- नेप्से उच्च अंकले बढेको छ । आज बुधबार नेप्से ९२ दशमलव २२ अंकले बढेर १९ सय ६३ दशमलव ५५ अंकमा पुग्दा सेन्सिटिभ पनि १८ दशमलव २५ अंकले बढेर तीन सय ७३ दशमलव ७१ अंकमा पुगेको छ । दुई सय ६७ वटा कम्पनीहरुको ४७ हजार दुई सय ८५ पटकको कारोबारमा ६१ लाख सात हजार चार सय २५ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम एक अर्ब ९७ करोड ६० लाख ७६ हजार सात सय ३२ रुपैंयाँ पुगेको छ ।

आज १३ वटा समुहहरुको कारोबार हुँदा १३ वटै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ६६ दशमलव तीन अंकले बढेर १२ सय ७४ दशमलव ७४ अंकमा पुग्दा फाईनान्स समुहको सुचक पनि एक सय आठ दशमलव २१ अंकले बढेर १६ सय ८९ दशमलव ९९ अंकमा पुगेको छ । जलबिद्युत समुहको सुचक पनि एक सय २० दशमलव २८ अंकले बढेर २५ सय ७२ दशमलव २० अंकमा पुग्दा जीवन बीमा समुहको सुचक पनि चार सय ४२ दशमलव ३३ अंकमा पुगेको छ । निर्जिवन बीमा, बिकास बैंक, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि उच्च अंकले बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिद्धार्थ इक्विटी फण्ड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एभरेष्ट बैंकको ऋणपत्र २०८६ परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा शिवम सिमेन्ट लिमिटेड परेको छ ।