काठमाडौ – नेपाल राष्ट्र बैकले ५२ करोड रुपैयाँ संस्थागत निक्षेप लगानी गर्ने भएको छ । उपदान तथा पेन्सन कोषमा रहेको रकम तीन सय ६६ दिने मुुद्धती निक्षेपकोरुपमा २०८० बैशाख १० गतेदेखि २०८१ बैशाख १० गतेसम्म लगानी गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ । लगानी गरिने कुुल रकम मध्येमा बाँणिज्य बैकहरुको लागि ४१ करोड ६० लाख, बिकास बैंकहरुको लागि सात करोड ८० लाख र फाईनान्स कम्पनीहरुको लागि दुई करोड ६० लाख रुपैयाँ छुुट्याईएको छ ।
रकम लगानी गर्न चाहाने इच्छुुक तथा फाईनान्स कम्पनीहरुले यही चैत ३० गते बिहिबासम्म आफुुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुुपर्ने राष्ट्र बैंकको भनार्ई छ । लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुुनुुपर्ने प्रावधानहरु रहेका छन् ।