बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

पदम लिम्बुलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

शुक्रबार, चैत्र २४ २०७९

काठमाडौं । सरकारले कोशी प्रदेश नामाकरण विरुद्ध भएको आन्दोलनमा मृत्यु भएका पदम लिम्बुलाई सहिद घोषणा गर्ने निर्णय गरेकाे छ ।

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई शहीद घोषणा गर्दै परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय गरेको पर्यटनमन्त्री सुदन किराँतीले जानकारी दिएका छन् ।

कोशी प्रदेश नामकरण विरुद्धमा भएको आन्दोलनमा प्रहरीको लाठीचार्जबाट घाइते भएका पदम लिम्बूको मृत्यु भएको थियो ।

यसअघि मृतक लिम्बुको परिवारलाई कोशी प्रदेश सरकारले राहत स्वरुप ३ लाख दिने निर्णय गरेको थियो ।

पहिचानसहितको नामकरणको माग राख्दै कोशी प्रदेशमा विभिन्न पक्षधर दल र विभिन्न जातीय संस्थाले प्रदेश राजधानी विराटनगर केन्द्रित आन्दोलन गर्दै आएका छन् ।