काठमाडौं । भूमिहीन सुकुम्बासीहरूले आज मंगलबार पनि माइतीघरमण्डलामा प्रदर्शन गरेका छन् ।
काठमाडौं महानगरपालिकाले एक हप्ताभित्र ठाउँ खाली गर्न दिएको निर्देशन खारेज हुनुपर्ने, पक्राउ परेका भूमि अभियन्ता रिहा गर्नुपर्ने माग राखेर प्रदर्शन गरेका हुन् ।
उनीहरूले काठमाडौं महानगरपालिकासँगै संघीय सरकारलाई दबाब दिन प्रदर्शन गरेको जनाएका छन्। काठमाडौंबाट सुकुम्बासीलाई लखेट्न खोजेकाले सडकमा उत्रिनुपरेको उनीहरुले जनाएका छन् ।
भूमि अभियन्ता हुकुमबहादुर लामा र नारायण परियारलाई प्रहरीले पक्राउ गरेर झुटो मुद्दा लगाएको उनीहरुको आरोप छ ।
उनीहरले सोमबार पनि प्रदर्शन गरेका थिए ।