काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा भारतको नयाँ दिल्ली पुगेकी छन् ।
सोमबार साँझ आमा प्रतिभा राणासहित भारतको राजधानी नयाँ दिल्ली पुगेकी हुन् ।
सरकार विस्तारको गृहकार्य चलिरहेका बेला भएको राणाको भारत भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
मन्त्री परिषद् विस्तारमा राणाको नाम पनि चर्चामा रहेको छ । परराष्ट्रमन्त्रीमा उनको नाम चर्चामा आएको थियो ।
कांग्रेस केन्द्रिय सदस्यसमेत रहेकी नेतृ राणा सोमबार साँझ ७ बजे नयाँ दिल्लीतर्फ गएकी थिइन् । धुम्बाराही स्रोतले राणा स्वास्थ्य परीक्षणका लागि दिल्ली भएको बताए पनि राजनीतिक भेटघाटको पनि कार्यक्रम रहेको बुझिएको छ ।