काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित गठबन्धनमा आवद्ध ठूला तीन दलका शीर्ष नेताबीच बालुवाटारमा भेटवार्ता भएको छ ।
मन्त्रिपरिषदलाई पूर्णता दिन प्रधानमन्त्री प्रचण्डले आज नेपाली कांग्रेस र एकीकृत समाजवादीका शीर्ष नेताहरुसँग छलफल गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग छलफल गरे ।
प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए अनुसार तीन शीर्ष नेताबीच भोलि बेलुकी ४ बजे १० दलको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको छ ।
चैत ६ गते संसद्बाट दोस्रोपटक विश्वासको मत पाएसँगै प्रधानमन्त्री प्रचण्ड ले चैत १० गतेभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका थिए ।
नेकपा एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिएपछि १६ मन्त्रालय प्रधानमन्त्रीकै जिम्मेवारीमा छन् ।