बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

गुराँस लाइफ इन्सुरेन्सको बोनस सेयर घोषणा

आइतबार, चैत्र १२ २०७९

काठमाडौं । गुराँस लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले बोनस सेयर घोषणा गरेको छ । कम्पनीको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले १३.२७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

आर्थिक वर्ष २०७७–७८ को नाफाबाट सो बोनस सेयर वितरण गरिनेछ। कम्पनीका अनुसार बोनस सेयरमा लाग्ने करको रकम सेयरधनी आफैले तिर्नु पर्ने हुन्छ ।

नियामक नेपाल वीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र लाभांश वितरण हुनेछ ।