बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

संयुक्त प्यानललाई हराउँदै भैरहवा बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल बिजयी

शुक्रबार, चैत्र १० २०७९

बुटवल । भैरहवा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा अनेरास्ववियुको पुरै प्यानल विजयी भएको छ ।

कुनै पनि विद्यार्थी संगठनसँग तालमेल नगरी एकल रूपमा निर्वाचनमा उत्रेको नेकपा एमाले निकट अनेरास्वियुलले पुरै प्यानलमा जीत हासिल गरेको हो ।

जसअनुसार अध्यक्षमा सागर न्यौपाने, सचिवमा शनि कलवार, कोषाध्यक्षमा मनोज पन्थ, सदस्यहरुमा आशिष पन्थ, स्वेताकुमारी हरिजन, राजन गुप्ता, शैलेष यादव, मनोजकुमार यादव, प्रेमशंकर यादव, सुमनकुमारी शुक्ला र मोहित चौधरी निर्वाचित भएका छन् ।

उक्त क्याम्पसको स्ववियुका लागि अन्य संगठन भने प्यानल बनाएर निर्वाचनमा होम्मिएका थिए । जसअनुसार नेपाली कांग्नेस निकट नेविसंघ र लोकतान्त्रिक विद्यार्थी संगठन तथा माओवादी निकट  अखिल क्रान्तिकारी र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन संयुक्त प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका थिए ।