काठमाडौं – नेप्से राताम्मै देखिएको छ । आज बुधबार नेप्से १५ दशमलव ७६ अंकले घटेर १९ सय ३३ दशमलव २९ अंकमा झरेको छ भने सेन्सिटिभ दुई दशमलव ३२ अंकले घटेर तीन सय ६३ दशमलव ९० अंकमा पुगेको छ । दुई सय ६६ वटा कम्पनीहरुको ३० हजार चार सय ८५ पटकको कारोबारमा ३७ लाख ७७ हजार चार सय कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम एक अर्ब ३३ करोड ३७ लाख १९ हजार नौं सय २९ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक सात दशमलव ८६ अंकले घटेर १२ सय ४६ दशमलव २५ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक ४५ दशमलव ८६ अंकले घटेर तीन हजार पाँच सय ४१ दशमलव ९० अंकमा पुगेको छ । जलबिद्युत समुहको सुचक पनि २६ दशमलव ८३ अंकले घटेर २५ सय ८६ दशमलव ५७ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि एक सय २८ दशमलव ४६ अंकले घटेर नौं हजार पाँच सय ५४ दशमलव २७ अंकमा पुगेको छ । यसैगरी फाईनान्स, निर्जिवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा मायाखोला हाईड्रो पावर कम्पनी पहिलो स्थानमा परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बोटर्लस नेपाल तराई लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड पहिलो स्थानमा परेको छ ।