बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सरकारलाई पूर्णता दिने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

बुधबार, चैत्र ८ २०७९

काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक आज  बस्दैछ।

वालुवाटारस्थित प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्ने बैठकमा सरकारलाई पूर्णता दिने विषयमा छलफल हुँदैछ।

प्रधानमन्त्री प्रचण्डले सदनमा विश्वासको मत लिइसकेकाले अब सरकारलाई पूर्णता दिने तयारीका साथ बैठक आब्हान गरेका छन् । प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत लिएसँगै सरकारलाई पूर्णता दिन गृहकार्य थालेका हुन्। प्रचण्डले यसअघि चैत १० गतेभित्र सरकारलाई पूर्णता दिने बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डले सांसदका आधारमा दशदलीय गठबन्धनमा भागबन्डा मिलाउने गरी प्रस्ताव अघि सारेको बुझिएको छ । सत्ता गठबन्धनमा सामेल जनमोर्चा भने सरकारमा नजाने भएको छ तर, दोस्रो पटक पनि विश्वासको मत दिएको रवि लामिछाने नेतृत्वको पार्टी सरकारमा जान लालायित देखिएको छ । रास्वपा यस अघि गृहमन्त्रालय गुमाउनु पर्दा सरकारबाट बाहिरिएको थियो ।

रास्वपा पनि सरकारमा सहभागी भए एमाले, राप्रपा, नेमकिपा, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदद्वय अमरेशकुमार सिंह र योगी मण्डल मात्रै सत्ता बाहिर हुनेछन् ।