काठमाडौं । पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघकी ज्योति पनेरु विजयी भएकी छन् ।
नेकपा एमाले निकट अखिल र नेकपा माओवादी निकट अखिल क्रान्तिकारीको प्यानललाई हराउँदै नेबिसंघकी पनेरु बिजयी हुन् । उनले अखिल क्रान्तिकारीकी त्रिसना आले मगरलाई पराजित गरेकी हुन् ।
सचिवमा भुपेश्री ऐर र कोषाध्यक्षमा श्रेया मैनाली विजयी भएका छन् । यहाँ अखिल क्रान्तिकारी र अनेरास्ववियुको तालमेल थियो ।