काठमाडौं । विश्वकप लिग २ अन्तरगतको अन्तिम खेलमा यूएईका कप्तान मुहम्मद वसिमले नेपालविरुद्ध अर्धसतक पूरा गरेका छन् ।
ब्याटिङ लयमा देखिएका उनले ४३ बल खेल्दै २ चौका र ५ छौकाको मद्धतमा अर्धसतक बनाएका हुन् ।
यूएईविरुद्धको खेलमा नेपाललाई ललित राजवंशीले पहिलो सफलता दिलाए पनि नेपालीले खेलाडीले दोस्रो विकेट झार्न सकेका छैनन् ।
स्पिनर राजवंशीले आफ्नो दोस्रो ओभरमा यूएईका आपनर आर्यन लाक्रालाई बोल्ड गरेका थिए ।
त्रिवि क्रिकेट मैदानमा यूएईले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ।