बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

कुमारी बैंकमा अत्याधुनिक कोर बैंकिङ फिनाकलको सुरुवात

मंगलबार, फाल्गुन २९ २०७४

काठमाडौ फागुुन, २९–
नयाँ प्रविधियुक्त सेवा भित्रयाउने अग्रणी बैंकको रुपमा परिचय बनाएको कुमारी बैंकले हाल सञ्चालनमा रहेको कोर बैंकिङ सिष्टमलाई परिवर्तन गरी अत्याधुनिक सफ्टवेयर प्रयोगमा ल्याएको छ । फिनाकल प्रविधिको पछिल्लो संस्करण (सिबिएस) को प्रयोग गर्ने पहिलो नेपाली बैंक कुमारी बैंक भएको जानकारी समेत बैंकले गराएको छ ।
अत्याधुनिक बैकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ कुमारी बैंक लिमिटेडले नयाँ कोर बैंकिङ्ग सफ्टवेयर खरिद गर्नका  लागि विश्व प्रख्यात सूचना प्रविधि कम्पनी इन्फोसि ईण्डियासंग सँग फिनाकल–१०.२.१९ कोर बैंकिङ्ग अत्याधुनिक पछिल्लो संस्करणको सफ्टवेयर खरिद गर्ने सम्झौता गरेको थियो । ग्राहकवर्गलाई आधुनिक, गुणस्तरिय तथा सुरक्षित सेवा दिने उद्देश्यले यस्तो नयाँ प्रविधि भित्रयाएको जानकारी गराउँदछौं । देशमा बैंकिङ्ग क्षेत्रमा नयाँ प्रविधि भित्रयाउन कुमारी बैंकले अग्रणी भूमिका निर्वाह गरेको स्मरण गराउँदैंं यस बैंकले नेपालमा सवैभन्दा पहिले इन्टरनेट बैंकिङ्गको सुरुवात गरेको थियो ।
कुमारी बैंकले अत्यन्त छोटो समय (५ महिना) अवधिमा फिनाकल प्रविधिको पछिल्लो सस्करण अत्याधुनिक बैंकिङ्ग सफ्टवेयर फिनाकललाई प्रयोगमा ल्याउन सफल भएको साथै हाल सम्ममा यति छोटो समय भित्र सफलतापूर्वक कार्यान्वयन गर्ने पहिलो बैंक पनि कुमारी बैंक भएको जानकारी गराउँदछौं । बैंकले छोटो अवधिमा सफलतापूर्वक सिबिएस कार्यान्वयन गर्न बैंक भित्र रहेको दक्ष जनशक्तीको अथक तथा सामूहिक प्रयत्नबाट सम्भव भएको हो ।
फिनाकल प्रविधि संसार भरी चलन चल्तीमा रहेको उच्चस्तरीय बैंकिङ्ग सफ्टवेयर मध्ये एक हो । हाल फिनाकल सफ्टवेयर विश्वका ४५ वटा देशहरुमा प्रयोग भईरहेको छ । नेपालमा आधुनिक प्रविधियुक्त यस्तो सफ्टवेयरको प्रयोग सन् १९९६ देखि हुँदै आएको छ । हाल नेपालमा ११ वटा बैंकहरुले यो सफ्टवेयरको प्रयोग गरेका छन् ।  हाल कुमारी बैंकले ७४ शाखा तथा २ वटा एक्सटेन्सन काउन्टर सहित ५७ एटिमवाट गा्रहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।