काठमाडौं फागुन, २५–
प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गरेका छन् ।
गुरुङले शुक्रबार प्रदेशसभामा विश्वासको मत मागेका थिए । उनको पक्षमा ४१ अर्थात दुई तिहाई मत परेको छ ।
सत्तारुढ एमाले र माओवादी केन्द्रसँगै राष्ट्रिय जनमोर्चाले गुरुङलाई समर्थन गरेका छन् । कांग्रेस र नयाँ शक्ति विपक्षमा बसेका छन् ।