काठमाडौं फागुन, २५–
आज प्रदेश नम्बर २ को प्रदेशसभा बैठक बस्दै छ । प्रदेश संसद सचिवालयका अनुसार दिउँसो १ बजेका लागि बैठक डाकिएको हो ।
सचिवालयले जनाए अनुसार आजको प्रदेशसभा बैठकको कार्यसूची कार्य व्यवस्था परामर्श समितिकाको बैठकले तय गर्ने छ ।
सचिवालयका उपसचिव रंजितकुमार यादवले प्रदेश सभाका सभामुख संयोजक रहेको कार्य व्यवस्था परामर्श समितिको बैठक प्रदेशसभा बैठक अघि बस्ने जनाए ।
आज बस्ने प्रदेशसभाको बैठकमा प्रदेशसभा नियमावली सम्बन्धी विधेयक, आर्थिक कार्यविधि विधेयक लगायतले प्रवेश पाउने बुझिएको छ ।