बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

राष्ट्रपति चुनाव हार्ने भएपनि विद्या भण्डारीविरुद्ध असहमति जनाउन कांग्रेसको उम्मेदवारीः महामन्त्री कोइराला

बुधबार, फाल्गुन २३ २०७४

काठमाडौं फागुन, २३–
कांग्रेस महामन्त्री शशांक कोइरालाले एमालेले विद्या भण्डारीलाई अघि सारेपछि भण्डारीप्रति आफ्नो असहमति दर्ज गर्न राष्ट्रपतिको उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको बताए । बुधबार कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार बनेकी कुमारी लक्ष्मी राईको उम्मेदवारी दर्ता गर्न पुगेका महामन्त्री कोइरालाका अनुसार  यदि वाम गठबन्धनले भण्डारीबाहेक अरु कसैलाई राष्ट्रपतिमा अघि सारेको भए कांग्रेसले उम्मेदवारी नदिन सक्थ्यो ।

तर, एमालेले भण्डारीलाई अघि सारेपछि राष्ट्रियसभा सदस्य मनोनयन लगायतमा उनले  अभिभावकीय भूमिका खेल्न नसकेको भन्दै कांग्रेसले पनि राष्ट्रपतिको उम्मेदवार बनाएको महामन्त्री कोइरालाको तर्क छ । यद्यपि, चुनाव हारिन्छ भन्ने निश्चित छ । राष्ट्रिपति सबैको समान, सबैको संरक्षक पनि हो । सभामुख सबैको हो भन्ने सन्देश दिन उम्मेदवारी नदिने तर, सिंगो राष्ट्रको नेता’ राष्ट्रपतिमा चाहिँ किन उम्मेदवारी दिने ? भन्ने कुरा कांग्रेसमा नउठेको पनि होईन ।    तर, बिहीबार विहान बसेको केन्द्रीय समितिको बैठकले पूर्वसांसद कुमारी लक्ष्मी राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गर्‍यो ।
उता मंगलबार मध्यरातमा सकिएको एमाले बैठकले भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।