काठमाडौं फागुन, २२–
एमाले नेता समेत रहेका जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले कांग्रेसलाई पनि वर्तमान सरकारमा सहभागी हुन आग्रह गरेका छन् । मन्त्री पण्डितले अहिल प्रतिपक्षी आवश्यक नरहेको भन्दै कांग्रेसलाई पनि सरकारमा आउन आग्रह गरेका हुन् । मंगलबार रिपोर्टर्स क्लबमा बोल्दै मन्त्री पण्डितले फोरम र राजपालाई सहभागी गराएर भोलि वा पर्सिसम्म मन्त्रिमण्डल विस्तार हुने समेत जानकारी गराए ।
उनले एक÷दुई दिनभित्रमै सरकार विस्तारको प्रयास भइरहेको बताए । ‘कांग्रेस सभापति शेरबहादुर देउवाको नाम उच्चारण गर्दै मन्त्री पण्डितले सरकारमा सहभागी हुनेहरुको नाम पठाउन आग्रह गरे । मन्त्री पण्डितले देशलाई विकास र सुशासनको दिशामा लैजानको लागि प्रतिपक्षको आबश्यक्ता नभएको बताए ।