बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नवराज सिलवाल संसद भवनमा सपथ लिन पुगे

आइतबार, फाल्गुन २० २०७४

काठमाडौं फागुन, २०–
पूर्व डीआइजी तथा एमाले सांसद नवराज सिलवाल सपथ ग्रहण कार्यक्रममा सहभागी हुन संसद् भवनमा प्रवेश गरेका छन् । प्रहरीको फरारको सूचीमा रहेका सांसद्  सिलवाल  एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधव नेपालको गाडीमा ‘लिफ्ट’ लिएर संसद् भवनभित्र प्रवेश गरेका हुन् । सिलवालमाथि आईजीपी बढुवाका वेला कार्यसम्पादन मूल्याङ्कन कीर्ते गरेको आरोप छ । यसअघि एमाले र माओवादीले सांसदहरुलाई दिएको संयुक्त प्रशिक्षिणमा समेत सिलवाल संसद प्रवेश गरेका थिए ।