बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

राष्ट्र बैंकले ११ सय ९० करोडको ट्रेजरी बिक्री गर्ने

आइतबार, फाल्गुन २० २०७४

काठमाडौ, फागुुन, २०–
नेपाल राष्ट्र बैकले भोलि सोमबार ११ सय ९० करोड करोड ५० लाख रुपैयाँको ट्रेजरी  बिल बिक्री गर्ने भएको छ । जारी मिती फागुुन २२ गते मंगलबार तोकिएको उक्त ट्रेजरी  खरिद गर्नको लागि भोलि अपरान्ह तीन बजेसम्म आवेदन दिनुपर्ने राष्ट्र बैैकले जानकारी दिएको छ । 
बिक्री गरिने कुुल ट्रेजरी  मध्येमा २८ दिने अवधिको तीन सय २५ करोड, ९१ दिने अवधिको तीन सय १३ करोड र एक सय ८२ दिने अवधिको पाँच सय ५२ करोड रुपैयाँ रहेको छ । सो मध्ये २८ दिने अवधिको परिपक्व हुुने अवधि चैत २० गते, ९१ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७५ जेठ २२ गते र एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७५ भदौ १९ गते तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ । फागुन १४ गतेपनि राष्ट्र बैंकले २८ दिने अवधिको तीन सय करोड र ९१ दिने अवधिको दुुई सय २३ करोड रुपैयाँ बराबरको ट्रेजरी  बिल जारी गरेको थियो ।