काठमाडौं फागुन, २०–
सिटी सेन्टरको चौथो तलाबाट खसालेर एक सुरक्षागार्डको हत्या भएको छ । श्क्रबार काठमाडौंको कमलपोखरीमा रहेको सिटी सेन्टरको चौथो तलाबाट खसालेर २६ वर्षीय रविन खवास भुजेलको हत्या भएको खुलासा भएको हो ।
शुक्रबार बिहान भवनको चौथो तलाबाट खसेको अवस्थामा २६ वर्षीय रविन खवास भुजेलको शव फेला परेको थियो ।
काठमाडौं प्रहरी परिसरका अनुसार सामान्य विवादका क्रममा मादक पदार्थ सेवन गरेका रुद्र बस्नेतले खवासको मुख र नाक थिचेर ४ तलमाथिबाट भुजेललाई खसालेको खुलासा भएको हो ।
बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीमाथि जिल्ला अदालत काठमाडौंबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी विस्तृत अनुसन्धान थालिएको छ ।
विग मुभिजमा विगत साढे दुई वर्षदेखि भुजलले सुरक्षागार्डको काम गर्दै आएका थिए ।