बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

कांग्रेस संसदीय दलको उम्मेदवार बन्न ४१ हजार रुपैयाँ शुल्क !

शुक्रबार, फाल्गुन १८ २०७४

काठमाडौं फागुन, १८–
नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि निर्वाचन समितिले सूचना सार्वजनिक गरेको  छ । बिहिबार निर्वाचन समितिले जारी गरेको सूचना अनुसार
 नेपाली कांग्रेसको संसदीय दलको नेतामा उम्मेदवारी दिन ४१ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ । 

कार्यतालिका अनुसार फागुन २० गते साँझ ६ बजेदेखि साढे ७ बजेसम्म उम्मेदवारी दर्ता, सवा ८ बजेसम्म दाबी विरोधमाथि जाँचबुझ गरी नामावली प्रकाशन, फागुन २१ गते सवा ८ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ ।

त्यस्तै उम्मेदवारले नाम फिर्ता लिने समय फागुन २१ गते विहान सवा ८ बजेसम्म तोकिएको छ ।

त्यसपछि फागुन २१ गते बिहान साढे ८ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र दिउँसो १० देखि १ बजेसम्म मतदानको समय तोकिएको छ ।

कांग्रेसले  संसदीय दलको नेता चयनका लागि चीनकाजी श्रेष्ठको संयोजकत्वमा भीष्मराज आङ्देम्बे, नवीन्द्रराज जोशी सदस्य रहेको निर्वाचन समिति गठन गरेको थियो । मतदान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हुने जनाईएको छ ।