बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

पार्टी एकताबारे प्रचण्डको यस्तो खुलासा

शुक्रबार, फाल्गुन १८ २०७४

अछाम फागुन, १८–
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले माओवादी एकता प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् । अध्यक्ष  प्रचण्डले एमाले र माओवादी केन्द्रबीच चैत पहिलो साताभित्र एकता भैसक्ने बताएका छन् । 

बिहीबार अछाम पुगेका अध्यक्ष  प्रचण्डले छिटोमा फागुनको अन्त्यतिर  या ढिलोमा  चैतको पहिलो हप्तासम्म नयाँ पार्टी घोषणा हुने प्रष्ट पारे ।  । ‘छिटो भयो भने यही यही महिनाको लाष्ट,’ उनले भने, ‘अलि ढिलो भयो भने चैतको पहिलो हप्तासम्म नयाँ पार्टी बन्छ’।

 राजनीतिक एजेण्डा र विधान निर्माण गर्न गठित दुई कार्यदलले फागुन २५ गतेभित्र प्रतिवेदन बुझाएसँगै पार्टी एकताको टुंगो लाग्ने प्रचण्डको भनाई छ । फरक प्रसंगमा प्रचण्डले  संघीय समाजवादी फोरम पनि सरकारमा सहभागी जानकारी गराए ।