बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको राजीनामा स्वीकृत

शुक्रबार, फाल्गुन १८ २०७४

 

काठमाडौं फागुन, १८–
माछापच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत निरज कुमार श्रेष्ठले बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट दिएको राजिनामा स्वीकृत भएको छ ।  फागुन १६ गते बसेको बैंक सञ्चालक समितिको  बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो । साथै, बैंक सञ्चालक समितिले उनलाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा रही बैंकको कार्य क्षेत्र विस्तार र उन्नत्तिका लागि पु¥याएको योगदानका लागि हार्दिक धन्यवाद समेत दिएको  छ   । उनी    फागुन २२ गतेसम्मका लागि बिदामा रहेकाले फागुन २३ गतेदेखि लागु हुने गरी उनकोे राजीनामा स्वीकृत भएको हो । उक्त मिति पश्चात रिक्त हुने बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा अर्को व्यवस्था नभएसम्मका लागि संचालक समितिले बैंकका नायव महाप्रबन्धक अर्जुन थापालाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेबारी दिने निर्णय समेत  गरेको बैंकले जनाएको  छ ।