बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

माछापुच्छ्रे बैंक लिमिटेडको सि–आस्बा सेवा

शुक्रबार, फाल्गुन ११ २०७४

काठमाडौँ 

माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहक सुविधालाई केन्द्रित गरीसम्पूर्ण बैंकका शाखाहरुबाट सि–आस्बा रजिस्ट्रेसन ननम्बर लिने व्यवस्था मिलाएको छ । मिति२०७४ फागुन ११ गते देखि धितोपत्रको सार्वजनिकनिष्काशनमा धितोपत्रखरिदको आवेदनगर्दा अनिवार्य रुपमा सि–आस्बा प्रणाली मार्फत आवेदन दिन पर्ने ब्यवस्थाभएकाले बैंकले यस्तो सेवा सुरु गरेको हो । यस व्यवस्थापश्चात अब ग्राहकले यस बैंककोकुनै पनि शाखाबाट सि–आस्बा रजिस्ट्रेसन नम्बर लिई सि–आस्बाप्रणाली मार्फत धितोपत्रखरिद गर्न आवेदनदिन सक्छन् । 
यदिग्राहकलेअनलाईन आवेदनदिनचाहेमा सिडिएस् एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा प्रदानगरिएको मेरो शेयर सेवाआफ्नो डिम्याटखाताभएको निक्षेप सदस्यमागई उक्तसेवालिन समेत अनुरोध गराएको छ ।साथै यस बैंकको सम्पूर्ण शाखाहरु मार्फत डिम्याट खाताखोल्न सकिने र मेरो शेयरमापनिदर्ता गर्न सकिने तथाशून्यमौजदातमै बचत खाताखोल्न सकिने व्यवस्था समेत रहेको व्यहोरा जानकारी गराएको छ । 
बैंक ले पुर्वमाझापा देखि पश्चिममाकन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्मआफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १४शाखा रहित बैकिङ्ग  सेवा समेत गरी  जम्मा ८० स्थानबाट ग्राहकमहानुभावहरुमा सम्पुर्ण बैकिङ्ग सुबिधाप्रदानगरिरहेको छ । साथै, बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।