बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

प्राईम लाईफको ९७ करोड ६३ लाखको हकप्रद निष्काशन

बुधबार, फाल्गुन ९ २०७४

काठमाडौ फागुुन, ९–
यही फागुुन २७ गतेबाट प्राईम लाईफ इन्स्योरेन्स कम्पनीले ९७ करोड ६३ लाख २० हजार रुपैयाँ हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्ता पुंजीको एक बराबर एक दशमलव छ को अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहेकोे ९७ लाख ६३ हजार दुुई सय कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । 
सिद्धार्थ क्यापिटल लिमिटेड बिक्री प्रर्वन्धक रहेको कम्पनीको हकप्रदको बिक्री कार्य आगामी बैशाख दुुई गतेसम्म कायम रहने छ । अधिकृत पुंजी दुुई अर्ब ५० करोड तथा जारी पुंजी एक अर्ब ५८ करोड ६५ लाख २० हजार रुपैयाँ रहेको कम्पनीको हाल चुक्ता पुंजी ६१ करोड दुुई लाख रुपैयाँ रहेको छ । हकप्रदको बिक्री पछि कम्पनीको चुक्ता पुंजी एक अर्ब ५८ करोड ६५ लाख २० हजार रुपैयाँ पुुग्ने छ ।