बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

निर्माण व्यवसायीको घरमा बस्दै आएको ओली–प्रचण्ड ‘वान टु वान’ बार्ता किन पुग्यो स्वास्थ्य व्यवसायीको घरमा ?

आइतबार, फाल्गुन ६ २०७४

काठमाडौं फागुन, ६–
प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी एकता र मन्त्रिपरिषद् बिस्तारमा सहमति जुटाउने भन्दै निर्णायक छलफलमा जुटेका छन् । 

 भक्तपुरको पुरानो ठिमीस्थित  दुर्गा प्रसाईंको घरमा दुई नेता निर्णायक वार्तामा बसेका हुन् । दुर्गा प्रसाईं मेडिकल कलेज सन्चालक हुन् । 

 अध्यक्ष प्रचण्ड निकट व्यवसायी मानिने प्रसाईं झापाको विर्तामोडस्थित बी एण्ड सी मेडिकल कलेजका सन्चालक सञ्चालक हुन् । उनी  वर्षमान पुनका निकट मानिन्छन्  । उनको  बी एण्ड सी कलेज सम्बन्धनको पर्खाइमा रहेको छ । यसअघि ओली र प्रचण्डबीचको वार्ता माओवादी निकट निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको मानभवनस्थित निवासमा हुने गरेका थिए ।

प्रचण्ड निकट एक माओवादी नेताका अनुसार पार्किङलगायतका सुबिधाका कारण बार्तास्थल प्रसाईं निवास रोजिएको हो । दुई नेतावीच शनिवार ओली निवास बालकोटमै वार्ता भएको थियो । आजै शीर्ष तहको बार्तालगत्तै  पार्टी एकता संयोजन समितिको बैठक बस्ने जनाईएको छ ।