बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

आजबाट श्वेताको ‘कान्छी’ प्रदर्शनमा

शुक्रबार, फाल्गुन ४ २०७४

काठमाडौं, फागुन ४–
आकाश अधिकारी निर्देशित तथा श्वेता खड्काले निर्माण गरेको चलचित्र  ‘कान्छी’ आजबाट प्रदर्शनमा  आएको छ । निर्माण सुरु भएदेखिनै यो चलचित्रलाई निकै प्रतिक्षित चलचित्रका रुपमा हेरिदै आईएको थियो । यो बर्षकै प्रतिक्षित चलचित्रहरुको कोटिमा पर्ने चलचित्र समेत हो । चलचित्रको ‘चरी चट्ट परि’ र ‘ए कान्छी’ बोलका गीतले चलचित्रलाई प्रदर्शन अगावै निकै चर्चामा ल्याउन सफल भएका छन् ।  देशभरका ६० बढी हलहरुमा यो चलचित्र आजबाट प्रदर्शनमा आएको छ । मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानी काठमाडौंका विभिन्न स्थानमा खिचिएको चलचित्रमा निर्मात्री समेत रहेकी नायिका श्वेता खड्काको अलवा  दयाहाङ राई, अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठ लगायतको मुख्य अभिनय रहेको छ ।  पुरुषोत्तम प्रधानको छायांकन,शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको चलचित्रले गाँउ समाजमा रहेका ‘कान्छी’ हरुको कथाको प्रतिनिधित्व गर्ने निर्माण टिमको भनाई छ ।