काठमाडौं फागुन, ३–
बिहीबार बजारमा पाँच सयले रुपैयाँले सुनको मूल्य बढेको छ ।
बुधबार सुनको मूल्य ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बिहीबार सुनको मूल्य बढेर ५७ हजार ९ सयले रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, बिहीबार चाँदीको मूल्य दश रुपैयाँले बढेको छ । बुधबार चाँदीको मूल्य ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो भने आज बिहीबार बढेर ७ सय ५० रुपैयाँमै कारोबार भएको छ।