बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

इटालियन नागरिक मृत भेटिए, प्रहरीले थाल्यो अनुसन्धान

बिहिबार, फाल्गुन ३ २०७४

ललितपुर फागुन, ३–
ललितपुरमा एक जना इटालियन नागरिकको मृत्यु भएको छ ।ललितपुरको गोदावरीमा इटालियन नागरिक ७२ वर्षीय फ्रेस्सको पिएट्रो भ्यान्सलीको मृत्यु भएको हो । 

बुधबार कुपण्डोलस्थित होटल ग्रिनवीच भिलेजमा बसेका  भ्यान्सलीको  मृत्यु भएको महानगरीय प्रहरी परिसर, ललितपुरले जनएको छ  । प्रहरीका अनुसार ग्रिनवीच होटलका सञ्चालक प्रविण आचार्यको घरमा उनको मृत्यु भएको हो ।

उनलाई तत्काल थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्‍याइएपनि अस्पतालले मृत घोषणा गरेको थियो । उनी बाथरुपमा लडिरहेको अवस्थामा भेटिएका थिए ।

मृतक इटालियन नागरिक र होटल सञ्चालक साथी रहेको प्रहरीले जनाएको छ । 

उनको मृत्यु अस्वभाविक भन्दै प्रहरीले  अनुसन्धान सुरु गरेको छ । पोष्टमार्टमका लागि उनको शवलाई  शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ भने होटल सञ्चालकलाई निगरानीमा राखिएको छ ।