बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

रेडियो थाहा सञ्चारले साताव्यापी बार्षिक उत्सव मनाउदै, बार्षिक उत्सवको दोस्रो दिन धार्मिक पुस्तक वितरण

बिहिबार, फाल्गुन ३ २०७४

काठमाडौ फागुन, ३–
आफ्नो दशौं बार्षिक उत्सवको उपलक्षमा रेडियो थाहा सञ्चार ९९.६ ले साताव्यापी विभिन्न कार्यक्रम आयोजना गरेको छ । विन्दवासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहा सञ्चारले बार्षिक उत्सवको दोस्रो दिन  रजैयास्थित अग्नीहोत्री आश्रमलाई धार्मिक पुस्तक वितरण कार्यक्रम सम्पन्न गरेको छ । रेडियोका सञ्चालक तथा संरक्षक अजेयराज सुमार्गीले शुक्र नीति, शुक्ल एर्जुवेद संहिता, चाणक्य नीति, कौटिल्य अर्थशास्त्र,नारादिय पूराणाम, कर्मकाण्ड प्रद्दिप, कात्यायन शुल्ब शुत्र लगायतका पुस्तक आश्रमका गुरु डा. सिताराम खनाललाई हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा विन्दवासिनी मिडिया प्रालिका अध्यक्ष अस्मिता सुमार्गी, सञ्चालकद्दय अरुणराज सुमार्गी, अंकिता सुमार्गी लगायतको सहभागिता रहेको थियो । 

पुस्तक वितरण कार्यक्रमलाई सम्बोधन गर्दै  रेडियोका सञ्चालक सुमार्गीले आगामी दिनमा पनि  रेडियोले  चाहिने पुस्तकहरु उपलब्ध गराउने प्रष्ट पारे  । ६ वर्ष अघि स्थापना भएको आश्रममा १२ जना विद्यार्थीहरु वैदिक विधि अध्ययन गरिरहेका छन् । यसैबीच, वार्षिकोत्सव कार्यक्रम अन्तर्गत आज थाहा दर्शनको बारेमा ‘समकालिन राजनीतिक कति जनमुखी’ विषयमा अन्तरक्रिया, भोलि  ४ गते हेटौँडाको बुद्द चोकमा रक्तदान कार्यक्रम, ५ गते साईकल ¥यालि तथा विश्व साईकल यात्री पुष्कर शाहलाई सम्मान , ६ गते वक्तृत्वकला प्रतियोगिता र अन्तिम दिन फागुन ७ गते कवि गोष्ठी, तथा  थाहा सम्मान गरी रेडियोको वार्षिकोत्सव समापन गरिने रेडियोका स्टेशन म्यानेजर मणिराज गौतमले जनाए ।