बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

शेरधन राई फेरि बोलेः ‘पार्टी एकतापछि केपी ओली नै अध्यक्ष र प्रधानमन्त्री’

मंगलबार, फाल्गुन १ २०७४

काठमाडौं फागुन, १–
एमाले नेता एवम्  प्रदेश नम्बर १ का संसदीय दलका नेता शेरधन राईले  पार्टी एकतापछि केपी ओली नै  अध्यक्ष र प्रधानमन्त्री दुबै पदमा रहने बताएका छन् । नेता राईले  अध्यक्षकै हैसियतमा ओली प्रधानमन्त्री हुने प्रष्ट पारेका हुन् ।

मंगलबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा  राईले एमाले र माओवादी केन्द्रबीच चाँडै एकता घोषणा हुने समेत जनाए । दुई पार्टीबीचको एकताबारे शंका नगर्न आग्रह गर्दै छिट्टै पार्टी एकता घोषणा हुने बताए । ‘दुई पार्टीवीचको एकताबारे अब शंका तथा उपशंका गर्ने कुनै ठाउँ छैन, एकता छिट्टै घोषणा हुन्छ, उनले भने, ‘हाम्रो अध्यक्ष केपी शर्मा ओलीज्यू अध्यक्षकै हैसियतमा प्रधानमन्त्री बन्नुहुन्छ।’

नेता राईले  फागुन ३ गते दिउँसो ३ बजे प्रदेश नम्बर १ को मुख्यमन्त्रीको सपथग्रहण लिने पनि जानकारी गराए ।