काठमाडौं–
गायक शिव परियारको आबाज रहेको एल्बम् ‘शिवालय’ को ‘हल्ला हल्लामै’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । नारद निठुरीको शब्द तथा आशिष अविरलको संगीत रहेको गीतमा आशिष अबिरलकै एरेञ्ज रहेको छ । राग स्टुडियोमा रेकर्ड गरिएको गतिको मिक्सिङ चन्द्र चौधरीले गरेका हुन् । आँचल शर्मा र पल शाहको फिचरिङ रहेको गीतको भिडियोको निर्देशन विकास सुवेदीले गरेका हुन् भने सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् । सुहान क्रियशनको प्रस्तुति रहेको गीतको म्युजीक भिडियो निकै राम्रो राम्रो बनेको छ । पल र आँचलको मिलेको केमेष्ट्रिले पनि भिडियोलाई राम्रो हुन थप मद्दत गरेको छ । निर्देशक सुवेदीले निकै राम्रो लोकेशन चयन गरेका छन् ।