काठमाडौं फागुन, १–
२१ बर्षसम्म फरार पछि पक्राउ परेका एभरेस्ट होटलका सञ्चालक मस्कुर अहमद लारीलाई जेल चलान गरिएको छ । लागूऔषध सम्बन्धी मुद्दामा फरार रहेका लारी २१ वर्षपछि पक्राउ परेका थिए ।
सोमबार जिल्ला अदालत काठमाडौंले लारीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको काठमाडौं प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लारीलार्इ केन्द्रीय कारागार, सुन्धारामा राखिएको छ ।
सन् १९९७ मा जर्मनीको विमानस्थलमा बरामद गरिएको २ सय ५० केजी लागूऔषध चरेसको अनुसन्धानका क्रममा उनको संलग्नता खुलेसँगै विगत २१ बर्षदेखि उनी फरार थिए । उनलाई २५ माघमा पक्राउ गरिएको थियो ।