भक्तपुर फागुन, १–
बाघको आक्रमणमा परी भक्तपुरको सूर्यविनायक नगरपालिकामा एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार बाघको आक्रमणबाट सूर्यविनायक नगरपालिका वडा नं ७ सुब्बापाखा तामाङ टोलका सुनिल तामाङको छोरा ६ बर्षीय शिरीष तामाङको मृत्यु भएको हो ।
उनी भक्तपुरको प्रस्तावित राष्ट्रिय प्राणी उद्यानको क्षेत्रमा पर्ने बालकुमारी बनको बाटोबाट पसल गएर घर फर्किरहेको अबस्थामा बाघको आक्रमणमा परेको अनुमान छ ।
राती ११ बजे मुलबाटोबाट माथि घना जङ्गलमा बाघले खाइरहेको अवस्थामा नेपाली सेना, नेपाल प्रहरी र स्थानिय बासीको टोलीले बालकको शव फेला पारेका थिए ।
प्रहरीले बालकको शवको जाँच मुचुल्का कार्य समाप्त गरि पोष्टमार्डमका लागी भक्तपुर अस्पतालमा पठाएको छ । यसबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।