बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

निहुँ गुन्द्री छोएको तर, कुटाई मराणासन्न हुनेगरी

मंगलबार, माघ १६ २०७४

दैलेख माघ, १६–

गुन्द्री छोएको भन्दै दलित समुदायका व्यक्ति माथि मरणासन्न हुनेगरी कुटपीट भएकाे छ ।

महाबु गाउँपालिका–२, बडखोलाको डुंग्री भानेखोलाका ५५ वर्षीय पहल बिकलाई भीमबहादुर रोकाय र भीमबहादुरका जुवाई नगेन्द्र खत्रीले मरणासन्न हुने गरी कुटपिट गरेका हुन ।

सोमबार दिउँसो भीमबहादुरको घरमा काटिएको खसीको मासु किन्न त्यहाँ पुग्दा भीमबहादुर समेत ४ जना बसेको गुन्द्री छोइएको भन्दै आफू माथि कुटपीट भएको बिकले बताएका छन् ।

पहल विकको दाहिने आँखामा गम्भीर चोट लागेको छ । जीउभर लात्ती र मुक्काले हानेकाे डाम सहित पीडितले प्रहरीमा उजुरी दिएका छन् ।उजुरीका आधारमा भीमबहादुर रोकाय र नगेन्द्र खत्रीलाई अाज (मंगलबार) जिल्ला प्रहरी कार्यालय दैलेखमा झिकाइएको प्रहरीले जनाएको छ ।

मानव माथिकाे दानवीय प्रकृतिका विरूद्द दलित संघ सस्थाले कडा कार्वाहीकाे माग गरेका छन् । कानूनि राज्यकाे उपहास भएकाे भन्दै तत्काल दाेषीमाथि कार्वाही नभए अान्दाेलनमा उत्रिने उनिहरूले चेतावनी दिएका छन् ।