बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सुनसरीका कार्यालय प्रमुखहरुलाई कृष्णहरि बाँस्कोटाको यस्तो निर्देशन

बिहिबार, माघ ११ २०७४

इनरुवा माघ, ११–

 प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले पारदर्शी रुपमा सूचना उपलब्ध गराउन सुनसरीका कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् ।  इनरुवामा बुधबार सूचना आयोगले आयोजना गरेको सूचनाको हक विषयको अन्तरक्रियामा उनले सूचना लोकतन्त्रको आधार भएकाले सूचना मागेको नागरिकलाई दिनका लागि आग्रह गरे । 

उनले सूचनाको प्रवाह सही तरिकाबाट भएमात्र लोकतन्त्र मजबुत हुने बताए । उनले सूचनाको हकको कार्यान्वयनमा कर्मचारी र कार्यालय प्रमुखले भूमिका निर्वाह गर्नुपर्ने बताए । 

राससकर्मी झासहित सात पत्रकार सम्मानित 

यसैबीच, मधेस आन्दोलन र नागरिकको अधिकारका लागि सञ्चारमाध्यमबाट महत्वपूर्ण योगदान पुर्याएको भन्दै राष्ट्रिय समाचार समिति९रासस०का इनरुवा समाचारदाता अजितकुमार झासहित सात पत्रकारलाई सम्मान गरिएको छ । 

१६औँ गजेन्द्रनारायण स्मृति दिवस तथा मधेस बलिदानी दिवसको अवसरमा बुधबार सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा राष्ट्रिय जनता पार्टीले झासहितका पत्रकारलाई सम्मान गरेको हो ।  सम्मानित हुने पत्रकारमा ‘गोरखापत्र दैैनिक’का इनरुवा समाचारदाता जयकृष्ण यादव, ‘पपुलर एफएम’का स्टेसन म्यानेजर प्रकाश मेहता, ‘एभिन्युज टेलिभिजन’का कृष्ण भट्टराई जुनेलीु, ‘मकालु टेलिभिजन’का अमर काफ्ले, ‘वर्णमाला दैनिक’का राजेन्द्र पोखरेल र ‘प्रतिक्षण दैनिक’का इक्वाल अहमद रहेका छन् । 

सोही अवसरमा मधेश आन्दोलनका घाइतेलाई पनि सम्मान गरिएको थियो । मधेस आन्दोलनमा घाइते भएका लालमोहर यादव, सभापैद यादव, अमरलाल यादव, हरिगोविन्द यादव, लगायतलाई ४३ जनालाई सम्मान गरिएको आयोजक संस्थाका संयोजक रामनारायण यादवले जानकारी दिए ।रासस