काठमाडौ माघ, ९–
मंगलबार नेप्से सुचक तथा कारोबार रकम दुुबैमा भारी अंकले गिरावट आएको छ । नेप्से नौ दशमलव पाँच अंकले घटेर १३ सय ९३ दशमलव चार बिन्दुुमा झरेको छ भने सेन्सिटिभ पनि दुई दशमलव दुुई अंकले घटेर दुुई सय ९३ दशमलव ९८ बिन्दुुमा झरेकोे छ । एक सय ५५ कम्पनीहरुको तीन हजार आठ सय ६२ वटा कारोबारमा आठ लाख २८ हजार सात सय सात कित्ता सेयर खरिद बिक्री भएकाछन भने कारोबार रकम ३२ करोड २६ लाख ७३ हजार तीन सय ५८ रुपैयाँ पुुगेको छ । आज १० वटा समुहको कारोबार भएकोमा नौ वटा समुहको कारोबार सुचक उच्च अंकले घटेर उत्पादनमुुलक समुहको सुचक स्थिर रहेको छ ।
वाणिज्य बैंक समुहको सुचक छ दशमलव ६७ अंकले घटेर १२ सय आठ दशमलव २७ अंकमा कायम रहेकोमा नौ करोड ६० लाख २३ हजार सात सय रुपैयाँको सेयर कारोबार भएको छ । बिकास बैक समुहको सुचक तीन दशमलव ४५ अंकले घटेर १५ सय ६१ दशमलव ७८ अंकमा कायम रहेकोमा एक करोड छ लाख ६६ हजार तीन सय रुपैयाँको सेयर कारोबार भएको छ । जलबिद्युुत समुहको सुचक २९ दशमलव ४८ अंकले घटेर १८ सय ४८ दशमलव १० अंकमा कायम रहेकोमा पाँच करोड ६१ लाख छ हजार रुपैयाँको सेयर कारोबार भएको छ । फाईनान्स समुहको सुचक तीन दशमलव ८३ अंकले घटेर सात सय १५ दशमलव ५६ अंकमा कायम रहेकोमा ३३ लाख १० हजार तीन सय रुपैयाँको सेयर कारोबार भएको छ ।
नेप्सेमा आज ट्रेडिङ, बीमा होटल, होटल, अन्य र लघुबित्त समुहको कारोबार सुचक पनि उच्च अंकले घटेका छन् । नेप्सेमा आज कमाउने र गुुमाउने कम्पनीहरु भने यस्ता रहेका छन् ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको बढेको मुल्य
१ फष्र्ट माईक्रो फाईनान्स ५८५ ५.४१
२ वल्र्ड मर्चेन्ट फाईनान्स १२४ ५.०८
३ ग्लोवल आईएमई समुुन्नत योजना—१ ९.८० २.४०
४ सप्तकोशी डेभलपमेन्ट बैंक १३७ २.२४
५ अरुण भ्याली हाईड्रो पावर कम्पनी २०३ २
गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको घटेको मुल्य
१ कालिका माईक्रो क्रेडिट डेभलपमेन्ट बैंक १५९९ ५.३२
२ एभरेष्ट इन्स्योरेन्स १५६१ ५.२२
३ गोर्खाज फाईनान्स १३८ ४.८२
४ सिद्धार्थ इन्स्योरेन्स कम्पनी ९६१ ३.९०
५ लुम्बिनी जनरल इन्स्योरेन्स ५६० ३.७८