काठमाडौं माघ, ९–
आगामी माघ २४ मा सम्पन्न हुने राष्ट्रियसभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले १४ उम्मेदवारको टुंगो लगाएको छ । माओवादी केन्द्रले एमालेसँगको तालमेल अनुसार आफ्नो भागमा परेका १४ राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाएको हो । माओवादीमा रामबहादुर थापादेखि दिनानाथ शर्मासम्म राष्ट्रियसभाका उम्मेदवार बनेका छन् ।
माओवादी केन्द्रका राष्ट्रिय सभाका उम्मेद्वारहरु
प्रदेश नं. १
(१) बीना पोखरेल (महिला)
प्रदेश नं. २
(२) शशिकला दाहाल (महिला)
(३) टुङ्गाे लगाउन बाँकी
प्रदेश नं. ३
(४) रामबहादुर थापा ‘बादल’ (खुला)
(५) गंगा पराजुली (महिला)
प्रदेश नं. ४
(६) दीनानाथ शर्मा (खुल्ला)
(७) खीमकुमार बि.क. (दलित)
प्रदेश नं. ५
(८) राजकुमार कुंवर (अल्पसंख्यक/अपांग)
(९) चन्द्र बहादुर खड्का (खुला)
प्रदेश नं. ६
(१०) जीवन बुढा (अपाङ्ग/अल्पसंख्यक)
(११) युटुल लामा (महिला)
(१२) कालीबहादुर मल्ल (खुल्ला)
प्रदेश नं. ७
(१३) लालिराम लोहार (दलित)
(१४) हरिराम चौधरी (खुला