बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

भोलि सात सय ५० करोडको ट्रेजरी जारी हुने

आइतबार, माघ ७ २०७४

काठमाडौ माघ, ७–
नेपाल राष्ट्र बैकले भोलि सात सय ५० करोड रुपैयाँको टे«जरी बिल जारी गर्ने भएको छ । जारी मिती माघ नौ गते तोकिएको सो ट्रेजरी बिल खरिदको लागि अपरान्ह दुई बजेसम्म आावेदन दिनुपर्ने छ । 
बिक्री गरिने कुल ट्रेजरी मध्येमा २८ दिने अवधिको दुई सय करोड र  ९१ दिने अवधिको पाँच सय ५० करोड रुपैयाँ रहेको छ । सो मध्ये २८ दिने अवधिको परिपक्व मिती २०७४ फागुन आठ गते र ९१ दिने अवधिको परिपक्व मिती २०७५ बैशाख ११ गते रहेको छ । । राष्ट्र बैंकले यसअघि पनि पुस ३० गते  २८ दिने अवधिको दुई अर्ब ७५ करोड र ९१ दिने अवधिको तीन अर्ब समेत गरी कुल पाँच अर्ब ७५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।