दाङ माघ, ७–
सल्यानमा नक्कली पेस्तोल देखाएर चोरी गरेको आरोप २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिद्ध कुमाख गाउँपालिका १ निवासी २० बर्षका सुकलाल बस्नेत र सोही ठाउँ निवासी १७ बर्षका हेमन्त खड्का रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
पक्राउ परेकाहरुको साथबाट प्रहरीले २६ हजार ६ सय ३२ रुपैयाँ, तीन वटा मोबाइल र बच्चाले खेलाउने रबरको नक्कली पेस्तोल समेत बरामद गरेको छ ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा सोही ठाउका टेकेन्द्र बोहरा फरार रहेको र खोजीकार्य जारी रहेको बताएको छ ।
आरोपीलाई सारदा नगरापालिका १ शितलबजारबाट हिजो साँझ पक्राउ गरिएको हो । सिद्ध कुमाख गाउँपालिका १ बाँझकाँडा बस्ने टेकबहादुर बुढाथोकीको घरबाट गत माघ ५ गते चोरी गरेको आरोप लागेपछि प्रहरीले खोजीकार्य तिब्र पारेको थियो ।