बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

रुपन्देहीका व्यवसायी पौडेलको हत्यामा संलग्न ३ जना पक्राउ

आइतबार, माघ ७ २०७४

काठमाडौं माघ, ७–
गत पुस २१ मा हत्या गरिएका रुपन्देही देवदहका व्यवसायी वसन्त पौडेल (बलु) को हत्यामा संलग्न ३ जना पक्राउ परेका छन् । फर्निचर व्यवासायी पौडेलको गोली हानी हत्या गरिएको थियो ।

आइबार दिउँसो ४ बजे पत्रकार सम्मेलन गरेर पक्राउ परेकाहरुलाई  सार्वजनिक गरिने अनुसन्धानमा संलग्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले जनाएको छ । 

 प्रहरीले  घटनामा मनोज पुन समूहकै संलग्नता रहेको पुष्टि गरेको छ ।  घटना लगत्तै पुनले स्थानीय सञ्चारकर्मीहरुलाई फोन गरेर आफूले पौडेलको हत्या गरेको दाबी गरेका थिए ।