बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

५ घण्टालाई स्थगित मन्त्रिपरिषद् बैठक झण्डै ६ घण्टापछि बालुवाटारमा सुरु, के के बिषमा निर्णय हुँदैछ ?

बुधबार, माघ ३ २०७४

काठमाडौं माघ, ३– 
बिहान मन्त्रीहरुबीचको विवादल स्थगित मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी मुकाम तोक्न बालुवाटारमा मन्त्रिपरिषद सुरु भएको  हो ।  बिहान बसेको बैठकमा सहमति नजुटेपछि आजै दोस्रो पटकलाई बैठक आह्वान गरिएको थियो  । बिहानको बैठकमा मन्त्रिहरुबीच आ–आफ्नै जिल्लामा अस्थायी मुकाम तोक्नुपर्ने अडान राखेपछि सहमति जुटाउन भन्दै प्रधानमन्त्री देउवाले ५ घण्टाका लागि बैठक स्थगित गरेका थिए । 

 ३ बजे बस्ने भनिएको दोस्रो बैठक निर्धारित समय भन्दा झण्डै ५० मिनेटपछि मात्रै सुरु  भएको छ । कानुन मन्त्री यज्ञ बहादुर थापाका अनुसार पहिलो बैठकमा प्रदेश प्रमुखबारे विषय प्रवेश नै नभएपनि दोस्रो बैठकमा प्रदेश प्रमुख र अस्थायी राजधानी तोकिने तयारी रहेको छ ।  उनले प्रदेशको अस्थायी राजधानीको साटो प्रदेश कार्यसञ्चालन स्थान भनेर तोकिने जानकारी समेत गराए ।