दोहा, कतार माघ, २–
गत जनवरी १२, २०१८ शुक्रवारका दिन कतारको अलिसान रेष्टुरेण्टमा सम्पन्न नेपाली व्यवसायीहरुको भेलाले नेपाल कतार व्यवसायी संघ कतारको स्थापना गरि अध्यक्षमा महेन्द्र चौलागाइँ सर्वसहमतिले चैन गरेको छ । यसै गरि डा. देवकाजि डंगोल संरक्षक रहने गरि उपाध्यक्षहरुमा आरके शर्मा, नरेन्द्र भाट, राज रेग्मी, समिर मास्के र गोविन्द के.सी. रहेका छन् भने महासचिव सागर नेपाल सचिव उमेश अधिकारी, सह–सचिव रमेश भट्ट र कोषध्यक्ष चुडामणी कार्की चैन भएका छन् । त्यस्तै, सदस्यहरुमा नविन सत्याल, डा. नितेस अर्याल, स्याम भुसाल, अबदुल वासिद, रवि गुरुङ, राम श्रेष्ठ, बिकाश प्रसाइ, पुर्ण पोखरिया, सुनिल घिमिरे र मधुकर रिजाल चुनिएका छन् ।
नव गठित टोलीले १४ जनवरीका दिन नेपाली राजदूतावासमा राजदूत रमेश प्रशाद कोईरालासँग प्रत्यक्ष भेटघाट गरि संघको बारे जानकारी गराएको थियो । उक्त भेटघाटमा राजदूतले नव गठित व्यवसायीहरुलाई बधाई तथा कार्य सफल्ताको कामना समेत गरेका थिए ।
कतारमा सन २००० देखि विभिन्न व्यापार व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरु एक आपसमा समस्य पर्दा आपसि सहयोग गर्ने, नेपाल र कतारको व्यापारिक सम्वन्धलाई सुदृढ गर्ने र नेपालमा कतारि व्यवसायीहरुलाई लगानि गर्नको लागि पहल गर्ने गरेकाले नेपालको आर्थिक विकासमा टेवा पुग्नेमा आफू विश्वस्त रहेको नवनियुक्त अध्यक्ष चौलागाइँले बताए ।
कतारमा करिव एक हजार भन्दा वढी नेपाली व्यवसायीहरु रहेका छन् । करिव चार लाख नेपालीहरु कार्यरत तथा ईन्डियन व्यवसायीहरुको बाहुल्यता रहेको कतारमा नेपाली व्यवसायीहरुको संख्या न्यून रहे पनि तुलनात्मक रुपमा नेपालीहरु शिर उच्च राख्न सफल भएको बताईएको छ ।