बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

कानुन मन्त्री थापा भन्छन्ः प्रदेश प्रमुख तोकिएपनि प्रदेश राजधानी अनिश्चत

मंगलबार, माघ २ २०७४

काठमाडौं माघ, २–
मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले सातवटै प्रदेशको प्रमुख तोक्ने तयारी गरेको छ ।  प्रधानमन्त्रीका प्रेश संयोजक गोविन्द परियारका अनुसार आज बस्ने मन्त्रपरिषद बैठकले प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी गरेको   छ । 
 आज बेलुका साढे ४ बजे मन्त्रिपरिषद बैठक बोलाइएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बोलाइएको संयोजक परियारको भनाई छ । 

त्यस्तै, कानुन मन्त्री यज्ञबहादुर थापाले राष्ट्रियसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै प्रदेश प्रमुख तोक्न लागिएको  बताए  ।  आज प्रदेश प्रमुखको नियुक्ति पक्का भएपनि अस्थायी राजधानीका बारेमा भने निश्चित भइनसकेको मन्त्री थापाको भनाई छ । उनले त्यसका लागि सहमतिको प्रयास जारी नै रहेकाले चार बजेसम्ममा सहमति जुटे राजधानी समेत तोकिने बताए ।
प्रदेशको राजधानी माग्दै धेरै स्थानमा आन्दोलन भएपछि अस्थायी राजधानी तोक्न  सरकार हच्किदै आएको छ ।