संखुवासभा पुस, ३०–
संखुवासभामा जीप दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ । मकालु गाउँपालिकामा भएको जीप दुर्घटनामा गाउँपालिका अध्यक्षसहित ५ जनाको मृत्यु भएको भएको हो ।
दुर्घटनामा मकालु गाउँपालिका अध्यक्ष खड्ग कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ । मकालु गाउँपालिकातर्फ जाँदै गरेको जीप गढीबजार नजिकै दुर्घटनामा परेको हो ।
कटुवाल नेकपा एमालेको तर्फबाट स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । दुर्घटनामा मृत्यु भएका मध्ये कटुवाल र सुरेश राईको सनाखत भएको छ भने अरुको अहिलेसम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।