काठमाडौं पुस, २७–
अदालतको आदेशमा बुधबार मात्रै रिहा भउका डा. गोविन्द केसीले आफ्ना थप माग पूरा नभएसम्म आमरण अनसन जारी राख्ने बताएका छन् । गोविन्द केसीको पक्षमा आन्दोलनरत डा. जीवन क्षेत्रीका अनुसार अरु बाँकी माग सम्बोधनका लागि वार्ताका प्रक्रिया नै नभएको भन्दै अनसन जारी रहने बताए । प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीले राजीनामा नदिएसम्म अनसन नतोड्ने डा केसीले अडान लिएका छन् ।
रिहा हुनासाथ डा. केसीले अनसनबारे बिहीबार निर्णय गर्ने बताएका थिए । यसअघि सर्वोच्चले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई छानविनको घेरामा ल्याउनुका साथै डा. केसीलाई साधारण तारिखमा छाडेको थियो । डा. केसी गएको सोमबारदेखि आमरण अनसनमा छन् ।