बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नेप्से निरन्तर बढ्दै, आज पनि १२ दशमलव २७ अंकले बृद्धि

मंगलबार, पुष २५ २०७४

 
काठमाडौ पुुस, २५–
नेप्से निरन्तर बढ्दै गएको छ ।  मंगलबार पनि नेप्से १२ दशमलव २७ अंकले बढेर १४ सय ५६ दशमलव सात अंकमा चढेको छ । सेन्सिटिभ पनि दुुई दशमलव ६९ अंकले बढेर तीन सय छ दशमलव ८७ अंकमा चढेको छ । आज कुुल एक सय ५८ कम्पनीहरुको चार हजार पाँच सय ३२ वटा कारोबारमा नौ लाख १५ हजार चार सय २६ कित्ता सेयर खरिद बिक्री भएका छन् भने कारोबार रकम ५० करोड १७ लाख ७० हजार पाँच सय नौ रुपैयाँ पुुगेको छ । 
सबैगरी आज १० वटा समुहको कारोवार भएकोमा उत्पादनमुुलक समुहको सुचक घटेपनि बाँकी नौ वटा समुहको सुचक उच्च अंकले बढेको छ । वाणिज्य बैक समुहको सुचक १२ दशमलव ९६ अंकले बढेर १२ सय ५५ दशमलव ७७ अंकमा पुुगेकोमा १५ करोड ९९ लाख ३९ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बिकास बैक समुहको सुचक १४ दशमलव ३७ अंकले बढेर १६ सय २६ दशमलव ३० अंकमा पुुगेकोमा एक करोड १५ लाख ५८ हजार आठ सय रुपैयाँको सेयर किनबेच भएको छ । जलबिद्युुत समुहको सुचक पनि पाँच दशमलव ८७ अंकले बढेर १९ सय २९ दशमलव पाँच अंकमा पुुगेकोमा आठ करोड ६१ लाख दुुई हजार आठ सय रुपैयाँको सेयर किनबेच भएको छ । 
बीमा, ट्रेडिङ, होटल, अन्य, फाईनान्स र लघुबित्त समुहको सुचक पनि आज बढेकाछन । आज कमाउने र गुुमाउने कम्पनीहरु यस्ता रहेका छन् । 
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस कम्पनीको नाम आजको कारोबार भएको मूल्य आजको बढेको मुल्य 
१ बेष्ट फाईनान्स १३९ ६.११
२ दिव्येश्वरी हाईड्रो पावर कम्पनी १६० ५.९६
३ मिसन डेभलपमेन्ट बैंक २४४ ५.१७
४ नविल व्यालेन्स फण्ड—१ १७ ४.९४
५ एभरेष्ट बैंक ९३४ ४.७१
गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार भएको मूल्य आजको घटेको मुल्य 
१ एभरेष्ट ईन्स्योेरेन्स कम्पनी २१९० ९.९८
२ प्रिमियर इन्स्योरेन्स कम्पनी १४०० ५.६६
३ फष्र्ट माईक्रो फाईनान्स (संस्थापक) ३६० ५.२६
४ एभरेष्ट बैंक ७२५ ३.८४
५ मिथिला  लघुबित्त बिकास बैंक ११११ ३.१३