बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

बैंक अफ काठमाडौको शाखा भैरहवामा

मंगलबार, पुष २५ २०७४

कााठमाडौ पुस, २५–
बैंक अफ काठमाडौले भैरहवामा पनि शाखा खोलेको छ । बैकले आफ्नो सेवा तथा सुविधाहरुलाई थप विस्तार गर्ने उद्देश्यले भैरहवामा आफ्नो शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको हो । 
सो शाखा कार्यालय यही पुुस २४ गते सोमबार बैंकका संचालक केदारनाथ गौतम र सिद्धार्थनगर उद्योग वाणिज्य संघ भैरहवाका अध्यक्ष रामकुमार शर्माबाट संयुक्त उद्घाटन गरिएको हो । उक्त शाखा कार्यालयबाट सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गर्न सकिने बैंकले जानकारी गराएको छ । आर्थिक वर्ष २०७४—०७५ को प्रथम त्रैमासिकको अन्त्यसम्म बैंकले कुल निक्षेप ६९ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरी ६२ अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल बैंकले ७५ शाखा, ६७ वटा एटिएम, आठ वटा एक्टेन्सन् काउण्टर तथा १७ शाखा रहित बिन्दुहरुबाट आप्mनो ग्राहक वर्गलाई सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।